Ezekiel 26:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका घोडचढी सैनिकहरूले सडकहरू कुल्ची-मिल्ची पार्नेछन् र आफ्ना तरवारले तिमीहरूका मानिसहरूको संहार गर्नेछन्। तिमीहरूका बलिया-बलिया खामाहरू जमिनमा ढालिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका घोड़ाका टापहरूले तेरा सबै सड़कहरू कुल्चीमिल्ची पार्नेछन्। त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया-बलिया खामाहरू जमिनमा ढल्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका घोडाहरूका खुरहरूले तेरा सबै सडकहरू कुल्चनेछन्; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खम्बाहरू भुइँमा ढल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ।