Ezekiel 26:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति र सामानहरू खोसिलिनेछन्। तिनीहरूले तिमीहरूका सुन्दर घरहरू भत्काइदिनेछन् र भित्ताहरू ढालिदिनेछन्। तिमीहरूका ढुङ्गा-माटो, काठ-पात र रोडा उठाएर समुद्रमा फालिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, तेरा व्यापारका मालहरू लूटपीट गरी लैजानेछन्। उनीहरूले तेरा पर्खालहरू ढालिदिनेछन् र तेरा सुन्दर-सुन्दर घरहरू भत्काइदिनेछन्। तेरा ढुङ्गा र काठपात, कलङ्कसमेत उनीहरूले समुद्रमा फ्याँकिदिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरा धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारका मालहरू खोसेर लैजानेछन्; तिनीहरूले तेरा पर्खालहरू भत्काइदिनेछन् र तेरा सुन्दर घरहरू भत्काउनेछन्; अनि तेरा ढुङ्गाहरू, काठहरू र रोडाहरू समुद्रमा फालिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीचहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ।