Ezekiel 26:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म खालि एउटा नाङ्गो चट्टान छोडिदिनेछु, जसमाथि जलाहारीहरूले आफ्‍ना जाल सुकाउनेछन्। त्‍यो सहर फेरि बनिनेछैन। म, सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई नाङ्गो पहरा तुल्‍याइदिनेछु र, तँ जालहरू फिँजाउने ठाउँ हुनेछस्‌। तँ फेरि कहिल्‍यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई एउटा नाङ्गो चट्टान तुल्याइदिनेछु, र तँ माछा पक्रने जालहरू फैलाउने एउटा ठाउँ हुनेछस्। तँ कहिल्यै निर्माण हुनेछैनस्; किनकि म याहवेहले नै भनेको हुँ, प्रभु याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।