Ezekiel 26:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले टुरोस सहरलाई यसो भन्नुभएको छ, “शत्रुले तँमाथि विजय गर्दा मारिन लागेका मानिसहरू चिच्च्याएका सुनेर समुद्रका किनारका बासिन्दाहरू डरले थरथर काम्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ: घाइतेहरूले जब कष्टको सोर निकाल्छन्, जब तेरो बीचमा मारकाट हुनेछ, तब तँ ढलेको सोर सुनेर के समुद्र-किनारका मुलुकहरू काम्नेछैनन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु याहवेह टायरलाई यसो भन्नुहुन्छ: टायरमा घाइतेहरूले सुस्केरा हाल्दा र काटमार हुँदा के तेरो पतनको आवाजमा समुद्र किनारका देशहरू काम्दैनन् र?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्।