Ezekiel 26:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्रमा यात्रा गर्ने जातिहरूका राजाहरू आ-आफ्‍ना सिंहासनबाट उत्रनेछन् र आ-आफ्‍ना लबेदा र बेलबुट्टे वस्‍त्रहरू फुकाई लगलग काम्‍दै जमिनमा बस्‍नेछन्। तिनीहरू आफ्‍ना दशामा यति भयभीत हुनेछन् कि तिनीहरूको लुगलुगी बन्‍द हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब समुद्र-किनारका मुलुकका सबै राजकुमारहरू आ-आफ्‍नो सिंहासनबाट ओर्लेर आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌। त्रासले तिनीहरू थरथराउनेछन्‌। तिनीहरू भूइँमा बस्नेछन्, र छिन-छिनमा काम्‍दैरहनेछन्, र तँलाई देखेर भयभीत हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब समुद्र किनारका सबै राजकुमारहरू आ-आफ्ना सिंहासनबाट तल ओर्लनेछन्, र तिनीहरूले आ-आफ्ना लबेदाहरू एकातिर छोड्नेछन् र आफ्ना बुट्टेदार वस्त्रहरू फुकाल्नेछन्। तँलाई देखेर त्रासले तिनीहरू थरथर काम्दै भुइँमा बस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दुख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले तिनीहरूको काम्ने (पाटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै ध्वंश भएकोमा आघात हुनेछन।