Ezekiel 26:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूका विषयमा यो विलापको गीत गाउनेछन्: “त्यो प्रशिद्ध सहर नष्ट भएको छ! त्यसका पानी-जहाजहरू समुद्रमा हराएका छन्। यस सहरका बासिन्दाहरूले समुद्रहरूमा पनि अधिकार गर्थे र समुद्रका किनारमा बस्नेहरू सबैलाई थर्कमान तुल्याउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: “‘समुद्रका मानिसहरूले भरिपूर्ण भएकी, ए प्रसिद्ध सहर, तँ कसरी लोप भइस्! तँ र तेरा बासिन्दाहरू समुद्रमा शक्तिशाली थिए, त्यहाँ बस्ने सबैलाई तैंले थर्कमान तुल्याएकी थिइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले तेरो बारेमा एउटा विलाप गीत गाउनेछन् र तँलाई भन्नेछन्: “ ‘हे प्रसिद्ध सहर, समुद्रका मानिसहरूले भरिएकी सहर, तँ कसरी सर्वनाश भइस्! समुद्रमा तँ एक शक्ति थिइस्, तँ र तेरा नागरिकहरू; तैँले त्यहाँ बस्नेहरू सबैमाथि तेरो आतङ्क फैलाइस्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्। “‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ। समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए। तिमी प्रसिद्ध थियौ। तर अहिले तिमी केही छैनौ। तिमी समुद्रमा शक्तिशाली थियौ अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए। तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई भयभीत पार्यो।