Ezekiel 26:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “म तँलाई निर्जन र ध्वस्त सहरझैँ उजाड पार्नेछु। गहिरो सागरको पानीले म तँलाई डुबाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: जब म तँलाई मानिसहरू नभएका सहरहरूजस्तै एउटा उजाड़िएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तँमाथि उर्लाउँछु, र त्यसका ठूला-ठूला छालहरूले तँलाई ढाक्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु याहवेह यसो भन्नुहुन्छ: जब मैले तँलाई एउटा उजाड सहर, कहिल्यै मानिस नबसेको सहरजस्तै बनाएको छु, र जब म गहिरो समुद्र उर्लाएर तँमाथि ल्याउँछु, र त्यसको विशाल पानीले तँलाई छोप्छु,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ।