Ezekiel 26:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, टुरोस सहरका मानिसहरूले यो कुरो लिएर खुसीको सोर उचाल्‍दै छन्। तिनीहरूले यसो भन्‍दछन्, ‘यरूशलेम ध्‍वस्‍त भएको छ। त्‍यसले व्‍यापार गर्ने शक्ति अब हराएको छ! त्‍यो अब हामीसँग दाँजिन सक्‍नेछैन!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, किनभने यरूशलेमको बारेमा टुरोस सहरले यसो भन्‍यो, ‘अहा! जाति-जातिहरूका सामुन्‍ने मूल ढोका भत्‍केको छ। ढोकाहरू मेरो निम्‍ति उघारिएका छन्‌। त्‍यो ध्‍वंस भयो, अब मेरो उन्‍नति हुनेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, टायरले यरूशलेमको विषयमा यसो भनेको कारण, ‘अहा! जाति-जातिहरूका मूलढोकाहरू भत्केका छन्, र त्यसका ढोकाहरू मेरो निम्ति खुल्‍ला भएका छन्; अहिले त्यो ध्वस्त भएकाले मेरो उन्‍नति हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।”‘