Ezekiel 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्राचीनकालका मानिसहरूसित बास गर्न म तँलाई मृत्यु-लोकमा पठाउनेछु। म तँलाई पृथ्वीको गर्भमा अनन्तकालको निम्ति ध्वस्त भएको ठाउँमा बास गर्न लाउनेछु, जहाँ तेरो साथमा मुर्दाहरू बास गर्नेछन्। फलस्वरूप तँ सदा निर्जन रहनेछस् र जीवित प्राणीहरूका बीच तैँले फेरि ठाउँ पाउनेछैनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म तँलाई मृत-लोकमा जानेहरूसित ती तादिका मानिसहरूकहाँ तल खसालिदिनेछु। म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु, र तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर रहनेछैनस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म तँलाई तल खाडलमा जानेहरूसित ती पहिले मरेका मानिसहरूकहाँ तल ल्याउनेछु। म तँलाई प्राचीन कालका भग्नावशेषहरूमा जस्तै, तल खाडलमा जानेहरूसँगै पृथ्वीको तल्लो भागमा बस्न लगाउनेछु; अनि तँ त्यहाँबाट फर्कनेछैनस्, जीवितहरूको देशमा तेरो ठाउँ लिनेछैनस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!