Ezekiel 26:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्नुहुन्छ, “सबैभन्दा ठूला राजा बेबिलोनको राजा नबूकदनेसरलाई म टुरोसमाथि हमला गर्न लाउनेछु। त्यो उत्तर दिशाबाट एउटा ठूलो सेना लिई घोडाहरू, रथहरू र घोडचढी-सैनिकहरूसहित आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म उत्तरबाट राजाहरूको राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोड़ाहरू, रथहरू, घोड़चढ़ी र एउटा ठूलो सेना लिएर टुरोसको विरुद्धमा चढ़ाइ गर्न ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: म टायरको विरुद्धमा उत्तर दिशाबाट राजाहरूका राजा, बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, घोडसवारहरू र ठूलो सेनाको साथ ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्।