Ezekiel 26:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशभित्रका सहर-सहरका बासिन्‍दाहरू लडाइँमा मारिनेछन्। शत्रुले पर्खाल र माटाका घेरा-मचानहरू बनाई ढालहरूको छानो सबै तेरा विरुद्धमा खडा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले देशका बस्‍ती-बस्‍तीमा बस्‍ने मानिसहरूलाई तरवारले मार्नेछ। त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, तेरा पर्खालहरूमा आड़ लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले मुख्य भूमिमा तेरा बस्तीहरूलाई तरवारले ध्वस्त पार्नेछ; त्यसले तेरो विरुद्धमा घेरा-मचान खडा गर्नेछ, र तँलाई आक्रमण गर्नलाई तेरो विरुद्ध पर्खालमा माटोको ढिस्को खडा गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहर) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँनेछ! त्यसले तिम्रो शहरको चारैतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँनेछ।