Ezekiel 27:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरा सेनामा फारस, लिडिया र लिव्या देशका सैनिकहरू थिए। तेरा छाउनीमा तिनीहरूका आफ्ना ढाल र फलामे टोप झुन्ड्याउँथे। ती मानिसहरूले तेरो गौरव बढाउँदथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘फारस, लूद र पूतका मानिसहरू तेरो सेनामा सिपाहीका काम गर्थे, तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगेर तेरो गौरव बढ़ाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए।
Nepali ERV (पवित्र बाइबल)
“फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए।