Ezekiel 27:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्वादबाट आएका सिपाहीहरूले तेरा पर्खालहरूको रखवाली गर्थे र गमादका सिपाहीहरूले तेरा किल्‍लाहरूको पहरा गर्थे। तिनीहरूले आ-आफ्‍ना ढाल तेरा पर्खालहरूमा टाँग्‍दथे। ती मानिसहरूले तेरै सुन्‍दरता बढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि खड़ा भई गस्‍ती लाउँथे। गमादका मानिसहरू तेरा धरहरामा थिए। तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँग्‍थे, र तिनीहरूले तेरो सुन्‍दरतालाई बढ़ाइदिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे।
Nepali ERV (पवित्र बाइबल)
अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।