Ezekiel 27:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रोडसका मानिसहरूले तँसित व्‍यापार गर्थे। समुद्र किनारका धेरै देशका बासिन्‍दाहरूले तेरा मालसामानहरू लिएर तँलाई हस्‍ती-हाड र अब्‍नुस काठ दिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘रोडसका मानिसहरूले तँसित व्‍यापार गरे, र समुद्र-किनारका धेरै देशहरू तेरा आफ्‍नै ग्राहक भए। तिनीहरूले तँलाई हात्तीका दाँत र अब्‍नुसको काठ दाम स्‍वरूप दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।
Nepali ERV (पवित्र बाइबल)
रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।