Ezekiel 27:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरामीहरूले तेरा धेरै-धेरै माल-सामानहरू किन्थे र दामको रूपमा तँलाई पन्ना, बैजनी कपडा, बुट्टेदार कपडा, मिहिन सुती कपडा, मुगा र लालमणिहरू दिन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘धेरै उत्पादनको कारण अरामले तँसित व्यापार गर्यो। तेरा व्यापारका मालसामानको सट्टा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गले बुनेका लुगा र बुट्टा भरिएका कपड़ा, मलमलका कपड़ा, मूगा-मोती र मानिक दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।
Nepali ERV (पवित्र बाइबल)
एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।