Ezekiel 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सहर समुद्रको किनारमा बसेको छ, समुद्रको किनारमा भएका हरेक जातिसित त्‍यसले व्‍यापार-धन्‍दा गर्दछ। सार्वभौम परमप्रभु के भन्‍दै हुनुहुन्‍छ, त्‍यो त्‍यसलाई सुना: “ए टुरोस, तैँले त भन्‍थिस् म अति सुन्‍दरी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रको ढोकामा हुने, समुद्र-किनारमा बस्‍ने धेरै मानिसहरूका व्‍यापार गर्ने टुरोस सहरलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘ए टुरोस, तँ भन्‍छस्, “म सर्वाङ्गसुन्‍दरी छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।”
Nepali ERV (पवित्र बाइबल)
टायरको विषयमा यसो भन “‘टायर, तिमी समुद्रको द्वार हौं। तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ, समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।’ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ। तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।