Ezekiel 27:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो लागि तिनीहरूले आफ्‍नो कपाल खौरन्‍छन्। भाङ्ग्राका लुगा लाउँछन्। मनमा पीर लिएर तिनीहरू धुरुधुरु रुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो कारण तिनीहरूले आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्, र तेरो निम्‍ति हृदयमा पीर लिएर साह्रै शोक गरी रुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछन्, चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।