Ezekiel 27:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा बहनाहरू तिनीहरूले बाशानका फलाँटको काठबाट बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्‍याएका धूपीका काठले तिनीहरूले जहाजको तला बनाए र त्‍यसलाई हस्‍ती-हाडले मोहोरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा पतवारहरू तिनीहरूले बाशानका फलाँटका बनाए। साइप्रसका समुद्र-किनारहरूबाट ल्‍याएका धूपीका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाड़ले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको बज्राँठका तक्ताहरूबाट बनाए। तिम्रो जहाजका कोठाहरू बनाउन तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे। तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।