Ezekiel 27:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो जहाजको पाल मिश्रदेशको बेल-बुट्टाले भरेको मिहिन सुती कपडाको थियो। त्यो टाढैबाट सजिलै चिन्न सकिन्थ्यो। साइप्रसबाट नै बैजनी कपडा ल्याए, तेरा चँदुवा सर्वोत्तम कपडाबाट नै बनिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपड़ाको थियो। त्यसैले तेरो झन्डाको काम दियो। एलीशाहको समुद्र-किनारका नीलो र बैजनी रङ्गका कपड़ाको तेरो चँदुवा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।