Ezekiel 27:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गबालका अनुभवी कारिगरहरू तँसित जहाजमा थिए। तेरा मालसामानहरू व्‍यापार गर्न समुद्रका सबै जहाज र तिनका नाविकहरू तँकहाँ आउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गबालका अनुभवी कारीगरहरू तँसित जहाजमा थिए। तिनीहरू नै जहाजका छेड़हरू मरम्‍मत गर्ने तेरा मानिसहरू थिए। तेरा मालसामानहरू व्‍यापार गर्नलाई समुद्रका सबै जहाज र तिनका नावीहरू तेरै छेउमा आउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे।
Nepali ERV (पवित्र बाइबल)
गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’