Ezekiel 28:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, टुरोसको राजामाथि आउन लागेको दिन-दशाको निम्‍ति विलाप गर्‌। म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो त्‍यसलाई सुना। कुनै समय तँ आदर्शको नमुना थिइस्। तँ बुद्धिमान् र सुन्‍दर थिइस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, टुरोसका राजाको विषयमा विलाप गर्, र त्‍यसलाई भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘तँ त सिद्धताको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्‍दर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तँ पूर्णताको नमुना, बुद्धिले भरिपूर्ण र सुन्दरतामा सिद्ध थिइस्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, टायरको राजाको विषयमा दुखपूर्ण गीत गाऊ। उसलाई भन, ‘मेरो स्वामी परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमी आदर्शवाद मानिस थियौं, तिमी बुद्धिले परिपूर्ण थियौं, तिमी पूर्णत सुन्दर थियौ।