Ezekiel 28:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ परमेश्‍वरको बगैँचा अदनमा बास गर्थिस् र हरेक किसिमका रत्‍नहरू अथवा मानिक र पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले सिंगारिन्‍थिस्। तेरा सुनका गर-गहनाहरू थिए। तेरो सृष्‍टि भएकै दिन ती गहना-रत्‍नहरू तेरो निम्‍ति तयार गरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको बगैँचा अदनमा तँ थिइस्‌। हरेक बहुमूल्‍य पत्‍थरले तँ सिँगारिएको थिइस्‌— मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌। तेरा मणिघरहरू सुनले मोहोरिएका थिए, तँ सृजेको दिनमा नै ती तयार पारिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ परमेश्‍वरको बगैँचा अदनमा थिइस्; सबै प्रकारका बहुमूल्य पत्थरले तँ आभूषित थिइस्: माणिक, पुष्पराज, हीरा, फिरोजा, गोमेद र स्फटिक, नीलमणि, हरितमणि र बहुमूल्य पत्थरले सजिएको थिइस्। तेरा गरगहनाहरू सुनले बनिएका थिए; तँ सृष्‍टि गरिएको दिनमा नै ती चीजहरू तयार गरिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिमी अदनमा थियौं, परमेश्वरको बगैंचामा तिमीसँग प्रत्येक बहुमूल्य रत्न थियो, माणिक, लालमणि, पुष्पराज, पन्ना, पीनमणि, हीरा, फिरोजा, गोमेद, आनिकस अनि जस्पर नीलम, हरितमणि अनि नीलामणि अनि हेरक रत्नमा सुन जडिएको थियो। तिनीहरूलाई यो सुन्दरता दिएको थियो जुन दिन तिम्रो सृजना गरिएको थियो, तिनीहरू तिम्रो लागि तयार गरिए। परमेश्वरले तिमीलाई बलियो बनाउनुभएको थियो।