Ezekiel 28:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो रक्षा गर्न मैले त्‍यहाँ एउटा डरलाग्‍दो स्‍वर्गदूत खटाएँ। तँ मेरो पवित्र पर्वतमा बास गर्थिस् र चम्‍किला रत्‍नहरूका बीच हिंड्डुल गर्थिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्‍यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्‍वरको पवित्र पर्वतमा तँ थिइस्‌। अग्‍निमय पत्‍थरहरूका बीचमा तँ हिँड्‌थिस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्; किनकि मैले तँलाई नियुक्त गरेको थिएँ; तँ परमेश्‍वरको पवित्र पर्वतमा थिइस्; तँ आगोजस्तै चम्किलो पत्थरहरूको बीचमा हिँड्थिस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी चुनिएका करूब स्वर्गदूत थियौं। तिम्रो पखेटा मेरो सिंहासन सम्म फैलिएको थियो अनि मैले तिमीलाई परमेश्वरको पवित्र पर्वतमा राखें। तिमी त्यो रत्नको बीचमा हिँड्‌यौ जुन आगो जस्तै दन्किरहेको थियो।