Ezekiel 28:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ व्‍यापारमा व्‍यस्‍त थिइस् र त्‍यसले तँलाई हिंसा र पाप गर्न लायो। यसकारण तँलाई मैले मेरो पवित्र पर्वत छोड्‍न कर लाएँ र तेरो रखवाली गर्ने स्‍वर्गदूतले तँलाई चम्‍किला रत्‍नहरूका बीचबाट धपायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा चारैतिरका व्‍यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌। यसैले मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बीचदेखि धपाइदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो चौतर्फी फैलिएको व्यापारद्वारा तँ अत्याचारले भरिइस्; अनि तैँले पाप गरिस्। यसकारण मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमानित गरेर धपाइदिएँ; अनि हे अभिभावक करूब, मैले तँलाई ती आगोजस्तै चम्किलो पत्थरहरूको बीचबाट निकालिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो व्यापारले तिमीकहाँ धेरै सम्पत्ति ल्यायो तर त्यसले तिमीभित्र क्रुरता उत्पन्न गरायो अनि तिमीले पाप गर्यौं। यसकारण मैले तिमीसँग यस्तो व्यवहार गरें, मानौं तिमी अपवित्र चीज हौ। मैले तिमीलाई परमेश्वरको पर्वतमा फ्याँकिदिएँ। तिमी विशेष करूब स्वर्गदूतहरू मध्ये एक थियौ तिम्रो पखेटा मेरो सिंहासनमा फैलिएको थियो, तर मैले तिमीलाई आगो जस्तो चम्किने रत्नहरू छोड्न बाध्य गराएँ।