Ezekiel 28:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ आफ्‍नो सुन्‍दरतामा घमण्‍ड गर्थिस् र तेरो सुनामले तँलाई मूर्ख बनायो। त्‍यही कारणले गर्दा मैले तँलाई जमिनमा फ्‍याँकिदिएँ र अरू राजाहरूको अघि तमासा बनाइदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो सुन्‍दरताले गर्दा तेरो हृदय घमण्‍डले फुलियो, तैंले आफ्‍नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्‍ट पारिस्‌। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो सुन्दरताको कारण तेरो हृदय घमण्डी भयो; अनि आफ्नो गौरवको कारण तैँले आफ्नो बुद्धिलाई भ्रष्‍ट पारिस्। यसकारण मैले तँलाई पृथ्वीमा फ्याँकिदिएँ; मैले तँलाई राजाहरूको सामु एक तमाशा बनाइदिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं, तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो, यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्।