Ezekiel 28:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्‍ना व्‍यापार-धन्‍दामा यस्‍तो दुष्‍ट्याइँ गरिस् कि तेरा पूजा-स्‍थलहरू अपवित्र पारिए। यसकारण मैले सहरमा आगो लाइदिएँ र खरानी पारें। अब ज-जसले तँलाई हेर्छन्, तिनीहरूले तँलाई खरानीको रूपमा मात्र देख्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा धेरै पापहरू र बेईमान व्‍यापारद्वारा तैंले तेरा पवित्रस्‍थानहरूलाई बिटुलो पारेको छस्‌। यसैले गर्दा मैले तँबाटै एउटा आगो निकालिदिएँ, र त्‍यसले नै तँलाई भस्‍म पार्‍यो। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्‍टिमा मैले तँलाई जमिनमा खरानी तुल्‍याइदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा तैँले आफ्ना पवित्रस्थानहरू अपवित्र बनाएको छस्। यसकारण मैले टायरको बीचबाट आगो निस्कन दिएँ, र त्यस आगोले तँलाई भस्म पारिदियो; मैले तँलाई भुइँमा खरानी तुल्याएँ, ती सबै मानिसहरूको आँखाको अगाडि, जसले तँलाई हेरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिमीले धेरै नराम्रो काम गर्यौ, तिमी अत्यन्तै कपटी व्यापारी थियौ। यसप्रकारले तिमीले पवित्र स्थानहरू अपवित्र बनायौ, यसैकारण मैले तिमीभित्र आगो ल्याई दिए, यसकारण तिमीलाई जलायो अनि तिमी जमीनमा खरानी भयौं। अब प्रत्येकले तिम्रो लाज देख्नेछन्।