Ezekiel 28:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो डरलाग्‍दो अन्‍त भयो, तँ सधैँको निम्‍ति शेष भइस् र तँलाई चिन्‍ने हरेक जाति भयभीत भएको छ। तेरै जस्‍तो दशा आफ्‍नो पनि होला भन्‍ने तिनीहरूलाई डर छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुन्‍छन्‌। तँ एक डरलाग्‍दो अन्‍त्‍यमा आइपुगेको छस्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँलाई चिन्‍ने सबै राष्ट्रहरू तँलाई देखेर भयभीत भए; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्, र तेरो अस्तित्व अब रहनेछैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
अरू देशको सबै मानिसहरू, तिमीमाथि जे घट्यो, त्यसको लागि शोक ग्रस्त थिए। तिमीमाथि जे घट्यो त्यो देखेर मानिसहरू भयभीत भए। तिमी अन्त भयौ।”‘