Ezekiel 28:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, म, सार्वभौम परमप्रभुले टुरोसको राजालाई के भन्दै छु, त्यो त्यसलाई सुना: घमण्डले फुलिएर तैँले आफैंलाई ईश्वर हुँ भन्छस्। तँ भन्छस्, म ईश्वरझैँ सिंहासनमा बस्दछु र मेरो चारैपट्टि समुद्र छ। तँ ईश्वर हुँ भन्ने बहाना गर्छस् तर वास्तवमा तँ मरिजाने मानिस होस्, ईश्वर त होइनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, टुरोसको शासकलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “तेरो हृदयको घमण्डमा तँ भन्छस्, ‘म एउटा देवता हुँ। म समुद्रको बीचमा एउटा देवताको सिंहासनमा बस्तछु!’ तर तँ त एक जना मानिस मात्र होस्, देवता होइनस्, यद्यपि तैंले आफैलाई एक देवता जत्तिकै बुद्धिमान् सम्झन्छस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘आफ्नो हृदयको घमण्डमा तैँले भन्छस्, “म एक ईश्वर हुँ; म समुद्रको बीचमा एक ईश्वरको सिंहासनमा बस्छु।” तर तँ एउटा साधारण मानिस मात्र होस्, ईश्वर होइनस्; यद्यपि तैँले आफूलाई ईश्वर जत्तिकै बुद्धिमान् सम्झन्छस्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ तिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।” तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।