Ezekiel 28:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु के भन्‍दछु, त्‍यो मानिसहरूलाई सुना। ए सीदोन, म तेरो विरुद्धमा छु। म तँलाई जे गर्छु, त्‍यसको निम्‍ति मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। तेरा बासिन्‍दाहरूलाई दण्‍ड दिएर म पवित्र छु भनी मैले देखाएपछि तिनीहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘हे सीदोन, म तेरो विरुद्धमा छु, तँभित्रै म महिमा प्राप्‍त गर्नेछु। जब म त्‍यसलाई दण्‍ड दिनेछु, र मेरो पवित्रता त्‍यसभित्रै प्रकट गर्नेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘हे सीदोन, म तेरो विरुद्धमा छु, र तेरो बीचमा म आफ्नो महिमा प्रकट गर्नेछु। जब म तँलाई दण्ड दिन्छु, र तेरै सामु आफूलाई पवित्र प्रमाणित गर्छु, तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्।
Nepali ERV (पवित्र बाइबल)
भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ सीदोन म तिम्रो विरूद्धमा छु। तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्, म सीदोनलाई दण्ड दिन्छु, त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ। त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु। अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।