Ezekiel 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँकहाँ रुढीहरू पठाउनेछु र तेरा सडकहरूमा रगतको खोला बगाउनेछु। चारैतिरबाट शत्रुहरूले तँमाथि हमला गर्नेछन् र तेरा मानिसहरू मारिनेछन्। तब परमप्रभु म नै हुँ भनी तैँले जान्नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसमाथि एउटा रूढ़ी पठाउनेछु, र त्यसका गल्लीहरूमा म रगत बगाउनेछु। त्यसका चारैतिर त्यसको विरुद्धमा भएको तरवारले मारिएकाहरू त्यसभित्रै ढल्नेछन्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँमाथि महामारी पठाउनेछु, र तेरा सडकहरूमा रगत बग्न दिनेछु। तेरो विरुद्धमा चारैतिर भएको तरवारले तेरै बीचमा मरिएकाहरू ढल्नेछन्। तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
म सीदोनमा रोग अनि मृत्यु पठाउँछु, शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ। त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।”‘