Ezekiel 28:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “इस्राएलमाथि घृणाको व्‍यवहार गर्ने त्‍यसका चारैपट्टिका जातिहरूमध्‍ये कुनै पनि फेरि त्‍यसलाई चोट लाउने सिउँडी वा काँडाजस्‍तो हुनेछैन। अनि सार्वभौम परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘इस्राएलका मानिसहरूलाई द्वेष गर्ने छिमेकीहरू, जो दु:ख दिने सिउँड़ी र तीखा काँढ़ाहरू हुन्, ती अब कहिल्‍यै हुनेछैनन्‌। तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।”