Ezekiel 28:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्नुभयो, “मैले जाति-जातिका बीचमा छरपष्ट पारेको इस्राएललाई म फर्काई ल्याउनेछु र म पवित्र छु भनी सबै जातिहरूले जान्नेछन्। इस्राएलीहरू आफ्नै देशमा बास गर्नेछन्, जुन देश मैले मेरो सेवक याकूबलाई दिएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरू छरपष्ट भएका जाति-जातिहरूबाट जब इस्राएलका मानिसहरूलाई म भेला गर्छु, तब तिनीहरूका बीचमा म जाति-जातिहरूका दृष्टिमा आफैलाई पवित्र गर्नेछु। अनि मेरो दास याकूबलाई मैले दिएको तिनीहरूको आफ्नै देशमा तिनीहरू बस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ।