Ezekiel 28:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ तिनीहरू कुशलसाथ रहनेछन्, आफ्ना घरहरू बनाउनेछन् र दाखबारी लाउनेछन्। तिनीहरूलाई घृणा गर्ने छिमेकीहरूलाई म दण्ड दिनेछु र इस्राएल सुरक्षित रहनेछ। तब म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्यहाँ सुरक्षित रहनेछन्, र तिनीहरूले घरहरू बनाउनेछन् र दाखबारी लगाउनेछन्। तिनीहरूलाई घृणा गर्ने सबैलाई म दण्ड दिन्छु, तब तिनीहरू त्यहाँ सुरक्षित रहनेछन्। तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिनीहरू सुरक्षित बस्नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”