Ezekiel 28:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले चतुर्‍याइँसित व्‍यापार गरी नाफैनाफा गरिस्। तैँले आफ्‍नो धन-सम्‍पत्तिमा कति घमण्‍ड गर्छस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यापारमा ठूलो निपुणता देखाएर तैंले आफ्‍नो धन-सम्‍पत्ति बढ़ाएको छस्, र तेरो धन-सम्‍पत्तिको कारण तेरो हृदय घमण्‍डले फुलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो व्यापारको धेरै सिपहरूद्वारा तैँले आफ्नो धनसम्पत्ति बढाएको छस्; अनि तेरो धनसम्पत्तिको कारण तेरो हृदय घमण्डले फुलेको छ।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा तिमीले सम्पत्ति बढायौं अनि त्यो सम्पत्तिले गर्दा तिमी घमण्डी भयौं।