Ezekiel 28:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तँमाथि हमला गर्न निष्ठुर शत्रुहरू ल्याउनेछु। ती शत्रुहरूले तैँले आफ्ना बुद्धि र सीपले कमाएका सबै सुन्दर कुराहरू नाश गरिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जाति-जातिहरूमा सबैभन्दा क्रूर विदेशीहरूलाई म तँकहाँ ल्याउनेछु। तिनीहरूले आफ्ना तरवार तेरो सौन्दर्य र बुद्धिको विरुद्धमा थुत्नेछन्, र तेरो चमत्कारपूर्ण गौरवलाई वारपार छेड्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म जातिहरूमध्ये सबैभन्दा निष्ठुर विदेशीहरूलाई तेरो विरुद्धमा ल्याउनेछु; तिनीहरूले तेरो सुन्दरता र बुद्धिको विरुद्धमा आफ्नो तरवार निकाल्नेछन्, र तेरो चम्किलो गौरवलाई छेड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म विदेशीहरूलाई तिम्रो विरूद्धमा युद्ध गर्न लगाउँछु। तिनीहरू देश माझमा धेरै डरलाग्दा छन्, तिनीहरूले आफ्नो तरवार बाहिर निकाल्नेछन् अनि ती सुन्दर चीजहरूको विरूद्धमा चलाउनेछन् जुन तिमीले आफ्नो बुद्धिले कमायौं। तिनीहरूले तिम्रो गौरवलाई ध्वंश गरिदिनेछ।