Ezekiel 29:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशलाई म संसारमा सबैभन्दा उराठलाग्दो देश बनाउनेछु। चालीस वर्षसम्म मिश्रका सहरहरू ध्वस्त भइरहनेछन्। ध्वस्त भएका अरू सहरहरूको भन्दा त्यसको दशा ज्यादै खराब हुनेछ। मिश्रीहरलाई म देश-निकालाबास भई विदेशमा आश्रय खोज्नेहरू बनाउनेछु। तिनीहरूलाई देश-देशमा छरपष्ट बनाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मिश्रदेशलाई नष्ट भएका देशहरूका बीचमा उजाड़ पारिदिनेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बीचमा चालीस वर्षसम्मै उजाड़ रहनेछन्। अनि म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट र देश-देशमा तितरबितर पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म इजिप्ट देशलाई नष्ट भएका देशहरूको बीचमा उजाड पारिदिनेछु; अनि त्यसका सहरहरू सर्वनाश भएका सहरहरूको बीचमा चालीस वर्षसम्म उजाड भएर रहनेछन्। अनि म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशहरूमा छरपस्ट पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”