Ezekiel 29:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “चालीस वर्ष बितेपछि मैले जाति-जातिहरूका बीचमा तितर-बितर पारेका मिश्रीहरूलाई म फर्काई ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तापनि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: चालीस वर्षको अन्‍तमा म मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका जाति-जातिहरूका बीचबाट भेला गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तापनि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: चालीस वर्ष बितिसकेपछि म इजिप्टवासीहरूलाई तिनीहरू छरपस्ट पारिएका राष्ट्रहरूबाट भेला गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु।