Ezekiel 29:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा तुच्‍छ जाति तिनीहरू नै हुनेछन् र तिनीहरूले कहिल्‍यै अरू जातिहरूमाथि शासन गर्न सक्‍नेछैनन्। म तिनीहरूलाई यति दुर्बल बनाउनेछु कि तिनीहरूले कुनै जातिलाई आफ्‍नो वशमा पार्न सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ राज्‍य हुनेछ। अरू जातिहरूमाथि त्‍यो फेरि कहिल्‍यै उच्‍च हुनेछैन। म त्‍यसलाई यति कमजोर तुल्‍याइदिनेछु, कि फेरि कहिल्‍यै अरू जातिहरूमाथि त्‍यसले राज्‍य गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्ट सबै राज्यहरूमा सबैभन्दा महत्वहीन राज्य हुनेछ, र त्यसले आफूलाई अरू जातिहरूभन्दा माथि कहिल्यै उठाउन सक्नेछैन। म त्यसलाई यति कमजोर वा थोरै बनाउनेछु, कि त्यसले कहिल्यै अरू जातिहरूमाथि शासन गर्न पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन।