Ezekiel 29:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि इस्राएलले कहिल्‍यै तिनीहरूमाथि निर्भर गर्नेछैन। इस्राएललाई हामीले मिश्रमाथि भरोसा राखेकोमा कस्‍तो गलत काम गरेछौं भन्‍ने थाहा मिश्रको दुर्दशाले गराउनेछ। तब म नै सार्वभौम परमप्रभु हुँ भनी इस्राएलले जान्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका मानिसहरूका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै भरोसाको स्रोत बन्‍नेछैन। तर त्‍यहाँ तिनीहरू सहायता माग्‍न गएर तिनीहरूले गरेको आफ्‍नो पापको सम्‍झना त्‍यसले तिनीहरूलाई गराउनेछ। तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरूका निम्ति इजिप्ट कहिल्यै पनि भरोसाको स्रोत हुनेछैन, तर सहायताको निम्ति त्यहाँ फर्कँदा इस्राएलको पापको सम्झना हुनेछ। तब तिनीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”