Ezekiel 29:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, बेबिलोनको राजा नबूकदनेसरले टुरोसमाथि हमला गर्‍यो। त्‍यसले आफ्‍ना सिपाहीहरूलाई यस्‍ता गह्रौं बोझ बोक्‍न लायो कि प्रत्‍येकको तालु खुइलियो र काँध पिल्‍सियो। तर त्‍यति कष्‍ट गरेर पनि न त राजाले न सेनाले केही पाउन सक्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा आफ्‍नो सेनालाई युद्धको धावा गर्‍यो। हरेकको तालु खुइलियो, र हरेकको काँध दलिँदा-दलिँदा पिल्‍सियो। तापनि टुरोसको विरुद्धमा गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, बेबिलोनका राजा नबूकदनेसरले आफ्नो सेनालाई टायरको विरुद्धमा गरिएको कठोर सैनिक अभियानमा लगे; जसमा तिनीहरू सबैको शिर खुइलियो र गह्रौँ भारी बोक्नाले सबैको काँध पिल्सियो। तापनि त्यसले र त्यसको सेनाले टायरको विरुद्धमा चलाएको अभियानबाट कुनै पनि प्रतिफल पाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।”