Ezekiel 29:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म सार्वभौम परमप्रभु यसो भन्दछु, मिश्रदेश म नबूकदनेसर राजालाई दिंदै छु। त्यो देशलाई त्यसले लुटपिट गर्नेछ र मिश्रको सबै धन-सम्पत्ति आफ्नो सेनाको ज्याला तिर्न लैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु, र त्यसले त्यसका धन-सम्पत्ति लैजानेछ। लूटपीट गरेर त्यसले देशलाई सखाप पार्नेछ, र लूटेको त्यो धन त्यसको सेनाको ज्याला हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म इजिप्टलाई बेबिलोनको राजा नबूकदनेसरलाई दिँदैछु; अनि उसले त्यसको धनसम्पत्ति लैजानेछ। त्यसले आफ्नो सेनाको ज्यालाको रूपमा देशलाई सखाप पारेर लुटपाट गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ।