Ezekiel 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको सेवाको ज्‍यालामा म त्‍यसलाई मिश्रदेश दिंदै छु किनभने त्‍यसका सेनाले मेरो काम गरिरहेको थियो। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले गरेको परिश्रमको निम्‍ति मिश्रदेश नै मैले त्‍यसलाई इनाम स्‍वरूप दिएको छु, किनभने त्‍यसले र त्‍यसका सेनाले मेरै निम्‍ति परिश्रम गरे, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले नबूकदनेसर र त्यसका सेनाहरूलाई मेरा निम्ति गरेको कडा परिश्रमको कारण प्रतिफलको रूपमा इजिप्ट दिएको छु, प्रभु याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किन? किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।