Ezekiel 29:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशका राजालाई सार्वभौम परमप्रभुले यसो भन्दै हुनुहुन्छ भनी त्यसलाई सुना। म तेरो विरुद्धमा छु, ए नदीमा सुतिरहने राक्षस र अजिङ्गर, तँ भन्छस्, नील नदी मेरै हो, मैले त्यसलाई बनाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्योसँग कुरा गर् र त्यसलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘हे मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु, आफ्ना खोलाहरूका बीचमा पड़िरहने, तँ ठूलो अजिङ्गर, तँ भन्छस्, “नील नदी मेरै हो, त्यो मैले नै बनाएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजासित कुरा गरेर भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘हे इजिप्टको राजा फारो, म तेरो विरुद्धमा छु, तँ एक विशाल जन्तु होस्, जो आफ्ना खोलाहरूका बीचमा ढल्किरहन्छ। तँ भन्छस्, “नील नदी मेरो हो; मैले त्यसलाई आफ्नो निम्ति बनाएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छ हे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु। तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो। तिमीले भन्यौ, “यो मेरो नदी हो! यही नदी हो जुन मैले बनाएँ।”