Ezekiel 29:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरो मुखमा बल्‍छी लाउनेछु र तेरा नदीका माछाहरू तेरै जिउमा टाँसिन लाउनेछु र ती टाँसिएका माछाहरूसँगै तँलाई नील नदीबाट तानी निकाल्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तेरो मुखमा बल्‍छी लगाउनेछु, तेरै कत्‍लाहरूमा तेरा खोलाका माछाहरू, म टाँस्‍न लाउनेछु। तेरा कत्‍लाहरूमा टाँसिएका ती माछाहरूसमेत, म तँलाई तेरा खोलाहरूका बीचबाट तानेर निकाल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तेरो चिउँडोमा बल्छी लगाउनेछु, र तेरा खोलाहरूका माछाहरू तेरा कत्लाहरूमा टाँसिनेछन्। तेरा कत्लाहरूमा अल्झिएका सबै माछाहरूसितै म तँलाई तेरा खोलाहरूबाट तानेर बाहिर निकाल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु। नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु। तिम्रो कत्लाहरूमा टाँसिएका माछाहरूसितै तिमीलाई म नदीबाट बाहिर निकालिदिनेछु।