Ezekiel 29:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती माछाहरूसमेत म तँलाई मरुभूमिमा फ्‍याँकिदिनेछु। तेरो शरीर जमिनमा लोट्‍नेछ र कसैले उठाई गाडिदिनेछैन। म तँलाई चरा-चुरुङ्गी र पशुहरूको आहारा हुन दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ र तेरा खोलाका सबै माछाहरूलाई म मरुभूमिमा छोड़िदिनेछु। तँ खुला मैदानमा लोट्‌नेछस्‌। तँलाई कसैले जम्‍मा गरेर उठाउनेछैन। म तँलाई पृथ्‍वीका पशुहरू र आकाशका पक्षीहरूको आहारा तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई र तेरा नदीका सबै माछाहरूलाई मरुभूमिमा छोडिदिनेछु। तिमीहरू खुला मैदानमा पतन हुनेछौ; न त बटुलिनेछौ, न त उठाइनेछौ। म तँलाई पृथ्वीका खुला मैदानका पशुहरू र आकाशका चराहरूकहाँ भोजनको रूपमा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई सबै माछाहरूसितै मरूभूमिमा फ्याँकिदिनेछु अनि तिमी जमीनमा खस्नेछौ।