Ezekiel 29:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मिश्रका सबै बासिन्‍दाहरूले परमप्रभु म नै हुँ भनी जान्‍नेछन्।” परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलीहरूले सहाराको निम्‍ति तँ मिश्रदेशमाथि भर परे तर तँ भने एउटा कमजोर लहुरोसमान भइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌। “‘तँ इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएको छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इजिप्टमा बस्‍ने सबैले म नै याहवेह हुँ भनी जान्‍नेछन्। “ ‘तँ इस्राएलका मानिसहरूका निम्ति एउटा निगालोको लहुरोझैँ भएको छस्।
Nepali ERV (पवित्र बाइबल)
तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ। म यो कामहरू किन गर्दैछु? किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।