Ezekiel 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि देशनिकाला भएका तेरा देशवासीहरूकहाँ जा र तिनीहरूले तेरा कुरामा ध्यान दिए पनि वा नदिए पनि म सार्वभौम परमप्रभु तिनीहरूलाई जे भन्दछु, सो तिनीहरूलाई सुना।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती तेरा निर्वासित मानिसहरूकहाँ अब जा, र चाहे तिनीहरूले ध्यानसित सुनून् चाहे नसुनून्, तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”