Ezekiel 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले ती जीवित प्राणीहरूका पखेटा चलेको र पाङ्ग्राहरू घुमेको आवाज सुनें, त्यो आवाज भूइँचालो गएजस्तै थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो आवाज ती जीवित जीवातहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूका छेउका ती पाङ्ग्राहरूको आवाज थियो, एउटा भुइँचालोको गुड़गुड़ आवाज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।
Nepali ERV (पवित्र बाइबल)
अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे।