Ezekiel 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म कबार नदीको छेउ तेल-अबीब भन्‍ने स्‍थानमा आएँ, जहाँ देशनिकाला भएका ती यहूदीहरू बसोबास गर्दथे। मैले जे देखें र सुनें, तीबाट व्‍याकुल भई सात दिनसम्‍म म त्‍यहाँ बसें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म कबार नदीको नजिक बस्‍ने ती देशनिकालाहरूकहाँ तेल-अबीबमा आएँ। अनि सात दिनसम्‍म तिनीहरू बसेको ठाउँमा म अवाक्‌ भएर बसिरहें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।
Nepali ERV (पवित्र बाइबल)
म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमा बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें।