Ezekiel 3:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि मैले कुनै दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी बताएँ; तर तैँले चाहिँ त्‍यसले आफ्‍नो प्राण बचाउन त्‍यसको चाला बदल्‍नुपर्छ भनी त्‍यसलाई चेतावनी दिइनस् भने त्‍यो मानिस त आफ्‍नो पापमा मर्नेछ तर म त्‍यसको मृत्‍युको निम्‍ति तँलाई जिम्‍मेवार ठहराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म एक जना दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय नै मर्नेछस्‌’ भनी भन्‍छु, तर त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌ भनेदेखि, त्‍यो मानिस पापको कारण मर्नेछ, र त्‍यसको रगतको लेखा म तँबाटै लिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।